News
सी डिभिजन लिग छनौट सुचारु

काठमाडौं । विजयादशमीका कारण रोकिएका सी डिभिजन लिग छनौटका बाँकी खेलहरु मंगलबारदेखि शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लिग छनौट अन्तरगत मंगलबार तीन खेलहरु सम्पन्न भए । एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा सुनाकोठी सिटी एफसीले नेपा एफटीलाई ५–० को फराकिलो अन्तरले हरायो । दोस्रो खेलमा वी आर ब्रदर्श र गोलबजार एससीले १–१ गोलको बराबरी खेले ।
त्यस्तै दिनको तेस्रो खेलमा नेपाल कै पहिलो प्रा.लि. क्लब झापा एफसीले पनि बच्चलादेवी युथ क्लब विरुद्ध २–० को जित निकाल्दै विजयी शुरुवात गर्यो । स्मरण रहोस, झापाले यसै सिजन हुने बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा पनि छ ।
Post Comments
Related News
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने