काठमाडौं । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाम जाने नेपालको यु–१७ टोलीको २३ सदस्यीय फाइनल स्क्वाड बिहीबार घोषणा गरेका छन् । यसै महिना श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको फाइनल खेलेको नेपालले स्वदेश फर्किएपछि फेरि ३० जना बन्द प्रशिक्षणमा थिए ।
एएफसी यु–१७ एसियन कप छनौट खेल्न भियतनाम जान लागेको नेपाली यु–१७ फुटबल टोली उत्साहित र महत्वाकांक्षी पनि छ । छनौट प्रतियोगितातर्फ समूह एफमा परेको नेपालले आयोजक भियतनामसँगै थाइल्याण्ड र चाइनिज ताईपेईसँग प्रतिस्पर्धा गर्नेछ । छनौट प्रतियोगितामा सहभागिताका लागि टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।
यस्तो छ नेपाली यु–१७ टोलीः
गोलकिपर्सः समिर चन्द, रुबिन भोगटी, कृषल मोक्तान
डिफेन्डर्सः मदन पौडेल, युनिश मगर, दिपक थापा मगर, निशान्त तामाङ, बिक्रम तामाङ, सिमान्त थापा, आस्विन घोरासाइनी, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डर्सः हरिष राज भट्ट, प्रशान्त लक्षम, बिनोद केसी, श्रीयांश मानन्धर, निरज कार्की, सरोज दर्लामी, उनिष बुढाथोकी, लक्षु थापा, धन सिंह बिक
फरवार्डसः सुबास बम, सिजल राई
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)