News
भदौ अन्तिम सातादेखि पेप्सी केयु कप
काठमाडौं । काठमाडौं युनिभर्सिटी, धुलिखेलको आयोजनामा भदौ ३१ देखि असोज ९ गतेसम्म पेप्सी केयु कप इन्टर कलेज राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक युनिभर्सिटी कै खेल मैदानमा हुने प्रतियोगितामा देशभरिका कलेज टिमहरुले सहभागिता जनाउन पाउने खेल संयोजक निकित केसीले जानकारी दिए । साथै टिमदर्ताका लागि संयोजकको नम्बर ९८४९८४०५५५ मा सम्पर्क गरि दर्ता गर्न सकिने पनि संयोजक केसीले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न