काठमाडौं । ‘फुटबल फर फ्रेण्डशिप’ भन्ने नाराका साथ जापानमा आगामी फेब्रुअरी महिनामा प्रथम एनजेएफए रनिङ कप फुटसल प्रतियोगिता हुने भएको छ ।
नेपाल जापान फुटबल संघ (एनजेएफए) जापानको आयोजनामा हुन गईरहेको प्रतियोगिता आउँदो फेब्रुअरी ९ देखि तारीखदेखि शुरु हुने एनजेएफएका महासचिव मनोज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको समेत महासचिव श्रेष्ठले बताए । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन सक्ने संघका अध्यक्ष बसन्त गौचनले जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४१ हजार जापानी येन तोकिएको छ ।
प्रतियोगिताको विजेता टोलीले चार लाख पचास हजार जापानी येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेताले २ लाख पुरस्कार प्राप्त गर्ने पनि महासचिव श्रेष्ठले जानकारी दिए । त्यस्तै तेस्रो हुने टिमले पनि नगद १ लाख सहित ट्रफी हात पार्नेछन् ।
महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराउन पनि सबैलाई आग्रह गरिएको उनले बताए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न