News
यु–१५ महिला फुटबल टोलीका लागि खुला छनौट हुने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा आगामी कार्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा हुन गईरहेको साफ यु–१५ महिला च्याम्पियनसिपका लागि नेपाली टोली तयार पार्न खुला छनौट हुने भएको छ ।
छनौट कार्यक्रमबारे जानकारी गराउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मातहत रहेका सबै जिल्ला फुटबल संघहरुलाई पत्राचार गरेर सूचित समेत गरिसकेको छ ।
एन्फाको पत्रानुसार छनौट कार्यक्रम लगभग एक महिना चल्नेछ । जसअनुसार भाद्र २ गतेदेखि १० गतेसम्म जिल्लास्तरीय छनौट कार्यक्रम हुनेछन् । त्यस्तै भाद्र १५ देखि १९ गतेसम्म प्रदेशस्तरीय छनौट हुनेछ भने अन्तिम छनौट कार्यक्रम भाद्र २३ देखि २८ गतेसम्म सातदोबाटो स्थित एन्फाको मुख्यालयमा हुने पत्रमा उल्लेख छ ।
एन्फाको विस्तृत पत्र हेर्नुहोसः
Post Comments
Related News
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात