News
सेनामा भरतको पदोन्नती
काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड भरत खवास नेपाली सेनामा पदोन्नती भएका छन् । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान समेत रहेका खवास उप–सेनानीबाट सह–सेनानी पदमा पदोन्नती भएका हुन् ।
उनलाई आर्मी मुख्यालयमा एक कार्यक्रमका बीच सेनाका बायुसेना प्रमुख तथा उपरथी आशिष नरसिंह राणाले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
स्मरण रहोस, भरत आइतबार मात्र बंगलादेश विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि पर्न सफल भएका थिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न