बागलुङ । चिल्ड्रेन लाईफ स्पोर्टस क्लब (जुनियर), बागलुङको आयोजनामा भएको खुला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाइटेडले जित्न सफल भएको छ ।
बागलुङ स्थित रस आवर फुटसल एरिनामा सम्पन्न फाइनल भिडन्तमा गुठी युनाइटेडले थापाठाना एफसीलाई सडन डेथमा ७–६ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
व्यक्तिगत विधातर्फ प्रतियोगिता कै उत्कृष्ट खेलाडी गुठी युनाइटेडका कमल थापा घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक थापाठानाका सज्जन ठकुरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक चिल्ड्रेन लाईफका राजीव श्रीसले हात पारे ।
कुल १८ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको विजेता गुठी युनाइटेडले उपाधिसहित नगद ४१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता थापाठाना एफसीले २१,१११ रुपैयाँमा चित्त बुझायो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि