काठमाडौं । नेपाल मै आयोजना हुन गईरहेको प्रतिष्ठित महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोली तयार पार्न टोलीको बन्द प्रशिक्षणमा ५८ महिला फुटबल खेलाडीहरु परेका छन् । मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा ५८ खेलाडीहरुलाई समेटेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
स्मरण रहोस, नेपालले आउँदो भदौ २१ गतेदेखि काठमाडौंमा हुन गईरहेको महिला साफ च्याम्पियनसिपको छैठौं संस्करण आयोजना गर्ने अधिकार पाएको छ । प्रतियोगिता लगातार दोस्रोपटक नेपालमा हुन गईरहेको हो । यसअघि प्रतियोगिताको पाँचौ संस्करण बिराटनगरमा सफलताका साथ सम्पन्न भएको थिया े ।
प्रारम्भिक टोलीमा परेका ५८ खेलाडीहरुः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कबिता बिक, सम्झना चौधरी, साबित्री किशन
डिफेन्डर्सः अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पुजा राना, बिमला बिक, सिर्जना सिंह, निशा थोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समिक्षा घिमिरे, खुश्मा राई, गंगा गुरुङ, मोनिका कुसवार, सबिना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेबिका पाण्डे, मोनिका पुलामी मगर,
मिडफिल्डर्सः सुनकला राई, रेनुका नगरकोटी, दिलकुमारी राना मगर, पुर्णिमा हमाल, सरु लिम्बु, बिमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दिपा राई, इन्दिरा राई, मन्जली कुमारी योन्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती आयर, सुमित्रा सिंह पाख्रीन, दिपा न्यौपाने, सिर्जना खड्का, सन्जु कुमाल
फरवार्डसः साबित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला बिक, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न