News
एसियन आप्रवासी फुटबलः नेपालको शानदार शुरुवात
काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टिम, कतारले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
हिलाल स्थित अल अरबी स्पोर्टस क्लबमा भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ५–० को फरालिो अन्तरले हरायो ।
नेपाली टोलीको जितमा अर्जुन सुब्बाले दुई गोल गरे । त्यस्तै डिल्ली पाराहाङ लिम्बु, राकेश सापकोटा र सयन्सु भुषाले थप एक–एक गोल गरे ।
प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल ६ फेब्रुअरीका दिन भारतसँग खेल्नेछ । समूह ए मा नेपाल, भारत, बंगलादेशसँगै दक्षिण कोरिया, फिलिपिन्स र इण्डोनेसिया रहेका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै