काठमाडौं । नेपाली महिला फुटबलमा आफूलाई स्टार फुटबलरका रुपमा परिचित बनाईसकेकी साबित्रा भण्डारीले प्रतिष्ठित एनओसी अवार्ड हात पारेकी छिन् ।
नेपाल ओलम्पिक कमिटीले ‘ओलम्पिक दिवस’ को अवसर पारेर साबित्रालाई सो अवार्डद्वारा सम्मानित गरेको हो । स्मरण रहोस, आधुनिक ओलम्पिकको स्थापना भएको दिन जुन २३ लाई ओलम्पिक दिवसका रुपमा मनाउँदै आइएको छ ।
घरेलु फुटबलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएकी साबित्रा केही महिना अघि मात्र लामो समयको चोटपश्चात मैदानमा फर्किएकी थिईन् । अन्तर्राष्ट्रिय फुटबलमा पनि नेपालका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकी साबित्राले केही सिजन भारतको चर्चित इण्डियन वुमन्स लिगमा पनि खेलेकी थिईन । र उपाधि समेत जितेकी थिईन् ।
त्यस्तै यो अवार्डको वर्षको उत्कृष्ट पुरुष खेलाडीमा ब्याडमिण्टनका प्रिन्स दहाल र महिलातर्फ पौडीकी गौरिका सिंह घोषित भईन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकतर्फ गल्फका दिपक मगर र महिला प्रशिक्षकतर्फ तेक्वान्दोकी संगिना वैद्यले अवार्ड हात पारिन् ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न