News
वैवाहिक बन्धनमा बाँधिए सरोज

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबका पूर्व खेलाडी तथा महत्वपूर्ण सदस्य सरोज कोइराला वैवाहिक बन्धनमा बाँधिएका छन् ।
दुई वर्ष अगाडी आफ्नो र परिवारको भविष्यका लागि घरेलु फुटबललाई त्यागेर दुबई पुगेका सरोज हालै नेपाल फर्किएका थिए । सरोजले काठमाडौं निवासी प्रेमिका शर्मिला केसीसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएको कुरा सुनाए । उनका अनुसार दश वर्षे लामो प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
उनले श्रीमतीलाई पनि दुबई नै लैजाने योजना रहेको पनि सुनाए । यद्यपि उनले विदेशमा रहेर पनि फुटबल मोहलाई भने त्याग्न नसकेको स्वीकार गरे । फुटबल मैदानमा डिफेन्डरको भूमिकामा उत्रिने सरोजका अनुसार दुबईमा पनि न्यु ब्वाईज एफसीबाट नियमित जसो फुटबल खेलिरहेको बताए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय