
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्सको महिला फुटबलतर्फ सहभागिता जनाउनका लागि राष्ट्रिय महिला फुटबल टोली बनाउन ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
मंगलबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा लामो समयपछि चोटमुक्त भएर सक्रिय फुटबलमा फर्किएकी चर्चित फरवार्ड साबित्रा भण्डारी पनि सामेल छिन् । त्यस्तै नियमित सदस्य अनिता बस्ने, सरु लिम्ब, अन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, अनिता केसी जस्ता अनुभवी खेलाडीहरु पनि प्रारम्भिक टोलीमा परेका छन् ।
त्यस्तै नयाँ र युवा खेलाडीहरुलाई पनि टिममा सामेल गरिएको राखेपले जनाएको छ । जसमा प्रिति राई, दिपा शाही, अमिषा कार्की जस्ता खेलाडीहरु रहेका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा खेलाडीहरुले प्रदर्शन गरेको आधारमा क्षमतावान खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ ।
यस्तो छ प्र्रारम्भिक टोलीमा परेका खेलाडीहरुको सूचीः
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण