News
च्यासललाई पछ्याउँदै एपिएफ
काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा एपिएफले च्यासलसँग गोलरहित बराबरी खेल्दै अंक खोसेको हो । जारी लिगमा च्यासलको यो तेस्रो बराबरी हो भने एपिएफको दोस्रो बराबरी हो ।
खेलमा एपिएफका डिफेन्डर राजन गुरुङ म्यान अफ द म्याच घोषित भए ।सोमबारको नतिजापछि ६ खेलबाट ६ अंक जोडेको च्यासल लिगतालिकाको दशौं स्थानमा छ । त्यस्तै ५ अंक जोडेको एपिएफ भने ११औं स्थानमा छ र च्यासललाई पछ्याउँदै छ ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात