काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आउँदो एन्फा निर्वाचनका लागि आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन् ।
सोमबार यहाँ आयोजित एक कार्यक्रमका बीच शेर्पाले अध्यक्ष पदका लागि फेरि उम्मेदवारी घोषणा गरेका हुन् ।
आउँदो असार ६ गते हुन गईरहेको एन्फाको साधारणसभा तथा निर्वाचनका लागि उम्मेदवघारी दर्ता गर्ने अन्तिम मिति यहि जेठ १२ गतेसम्म तोकिएको छ । यसअघि एन्फा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
आउँदो निर्वाचनमा उठ्ने यस्तो छ कर्मा छिरिङ शेर्पाको प्यानलः
कर्मा छिरिङ शेर्पा (अध्यक्ष), शिक्षित पराजुली (वरिष्ठ उपाध्यक्ष), विज्ञानराज शर्मा (उपाध्यक्ष), दिर्घ बहादुर केसी (उपाध्यक्ष), रत्न कुमार श्रेष्ठ (उपाध्यक्ष), उपेन्द्रमान सिंह (उपाध्यक्ष), दिपक थापा (सदस्य), प्रदिप यादव (सदस्य), रामराजा गुरुङ (सदस्य), लोकेन्द्र गुरुङ (सदस्य), रुपेश अधिकारी (सदस्य), प्रदेश राठौर (सदस्य), टिकाराम लामा (सदस्य), भरत थापा (सदस्य), अनिल श्रेष्ठ (सदस्य), रमेश ब्यञ्जनकार (सदस्य), मणिराज श्रेष्ठ (सदस्य), रमेश जोशी (सदस्य)
(नोटः महिला सदस्य पछि चयन गरिने बताइएको छ ।)
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने