काठमाडौं । न्याय क्षेत्रमा क्रियाशील रहेका संघसंस्था र व्यक्तित्वहरुबीच यहि चैत्र २५ र २६ गतेका दिन दुई दिने फुटसल प्रतियोगिता हुने भएको छ ।
पारामाउण्ट लिगल अडभाईजरी सर्भिसेजको आयोजनामा न्यायीक क्षेत्रमा व्यस्त रहेका व्यक्तित्वहरुबीच भाईचारा र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक सत्य नारायण महर्जनले बताए ।
प्रतियोगितामा कुल १९ टोलीहरुको सहभागिता रहने पनि संयोजक महर्जनले जानकारी दिए । विजेता र उपविजेता बन्ने टोलीहरुलाई नगदसहित मेडल र ट्रफीहरुको पनि व्यवस्था गरिएको उनले बताए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कृत गरिने उनले जानकारी दिए ।
मनहरा, भक्तपुर स्थित बैजन्ती फुटसलमा हुने प्रतियोगिताको समापन चैत्र २६ गते शनिबारका दिन हुनेछ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जनाएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै