News
फेरि हार्यो रोहितको टोली जकार्ता (भिडियोसहित)

काठमाडौं । इण्डोनेसियन सुपर लिगमा पछिल्लो केही खेल यता खराब लयमा देखिएको रोहित चन्दको टोली पर्सिजा जकार्ताले बिहीबार अर्को हारको सामना गरेको छ ।
जकार्ताले मदुरा युनाइटेडसँग १–३ को हार बेहोर्यो । जकार्ताले खेलेको पछिल्लो ५ खेलमा यो चौथो हार समेत हो । मदुराका लागि खेलको १८औं रेनन डा सिल्वाले पहिलो गोल गरे ।
३३औं मिनटमा रोहित चन्दले आत्मघाती गोल गर्न पुगे । लगतै ३७औं मिनटमा बायु गत्राले मदुराका लागि तेस्रो गोल गर्दै टोलीको जित पहिलो हाफ मै सुनिश्चित गरे ।
उता जकार्ताका लागि दोस्रो हाफको ६४औं मिनटमा तौफिक हिदायतले एक मात्र सान्त्वना गोल फर्काए । तर टोलीको हार टार्न सकेनन् ।
यो नतिजापछि ३१ खेलबाट ४१ अंक जोडेको जकार्ता आठौं स्थानमा छ । उता मदुरा युनाइटेड भने ३८ अंकका साथ नवौं स्थानमा छ । शिर्ष स्थानमा भने ६९ अंक जोडेको बाली युनाइटेड रहेको छ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि