काठमाडौँ । बार्सा नेपालले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सन् २०१४ मा स्थापना भएको बार्सा नेपालले वार्षिकोत्सव मनाएको हो ।
पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा क्लबले बिगतमा गरेका बिभिन्न कार्यक्रमहरुको समिक्षा भई आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष प्रकाश घर्तीले कोरोना भाइरसको महामारीको कारण फ्यान्स ग्यादरिङ्ग नियमित रुपमा गर्न नसकेको भन्दै अब यस कार्यले निरन्तरता पाउने जानकारी दिए ।
बार्सा नेपाल स्पेनिस फुटबल क्लब बार्सिलोनाको समर्थकहरुको समूह हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्लबले बार्सिलोना तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा बिभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ भने क्लबको फुटबल टिमले बिभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न