News
नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण म्याच खेल्ने
काठमाडौं । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले बलियो पूर्वी एसियाली राष्ट्र थाइल्याण्डसँग एक मेत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले यहि मार्च २४ (चैत्र १०) तारीखका दिन थाइल्याण्डसँग उसकै घरमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको हो ।
फिफा वरियतामा नेपाल १६७औं स्थानमा छ भने थाइल्याण्ड ११२औं स्थानमा छ । त्यति मात्र नभएर नेपालले २७ मार्चका दिन पूर्व थाई लिग च्याम्पियन चोनबुरी फुटबल क्लबसँग पनि एक मेत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
स्मरण रहोस, एएफसी एसियन छनौटतर्फ समूह ए मा रहेको नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । जुन खेलहरु आउँदो जुन ८ तारीखदेखि शुरु हुँदैछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)