News
राष्ट्रिय फुटसल टिममा अब २२ खेलाडी
काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको सूची ३२ जनाबाट २२ मा झारिएको छ । मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणबाट १० खेलाडीहरुलाई बाहिर निकालेका हुन् ।
स्मरण रहोस, फुटसल एसियन कप छनौट प्रतियोगिता अन्तरगत नेपाल सेन्ट्रल एण्ड साउथ जोनतर्फ समूह बी मा परेको छ । जहाँ नेपालले बलियो उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँग खेल्नेछ । छनौट प्रतियोगिता आउँदो अप्रिल १ देखि १५ तारीखसम्म किर्गिस्तानमा हुँदैछ ।
यस्ता छन् टोलीमा रहेका २२ खेलाडीहरुः
अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सुमित कुमार आले, आदिल हामिद, बिजय श्रेष्ठ, अमित लामा, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणि कुमार लामा, मिलन राई, प्रवेश जोशी, मनोज गुरुङ, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि