बिबा मिडियाले पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ । बिबा मिडिया गोल नेपाल डटकम र खेल दैनिक डटकम अनलाइन पोर्टलको मातृ संस्था हो ।
गोल्डकपको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा बिबा मिडियाका प्रमुख कार्यकारी अधिकृत विक्रम थापा र झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले मंगलबार झापाको बिर्तामोडमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतियोगिता फागुन २१ गतेदेखि डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।
गोल्डकपको विजेता टोलीले १२ लाख ५५ हजार नगद र उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबका साथै नेपालसहित अन्य राष्ट्रका १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं बाहिर सबैभन्दा बढी फुटबल गतिविधि हुने जिल्ला भएकाले झापा जिल्लालाई फुटबल हबका रूपमा सुदृढ बनाउने लक्ष्यका साथ झापा गोल्डकप आयोजना गर्न लागिएको हो ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक