काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीले शुक्रबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने एन्फाले जनाएको छ ।
फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले कुल ३२ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । एन्फाका अनुसार टोलीले चार दिन काठमाडौंमा प्रशिक्षण गरेपछि थप प्रशिक्षणका लागि पोखरा जाने बताएको छ ।
स्मरण रहोस, यहि आउँदो अप्रिल १ देखि १५ तारीखसम्म किर्गिस्तानमा हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले बलियो उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः
गोलकिपर्सः अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमित कुमार आले
फिक्सोः अरुज सिंह, बिजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ
पिवोटः अविनाश तामाङ, बिक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवश मास्के, सुसन श्रेष्ठ
आलाः आदिल हामिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि