
काठमाडौं । घरमै सम्पन्न मौरिसस विरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा निकालेको दुई जितसँगै फिफाको विश्व वरियतामा नेपालको स्थान पनि सुधारिएको छ ।
फिफाले निकालेको ताजा वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा पुगेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको १०४औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ ।
फिफा वरियताको १५७औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १८६औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।
त्यस्तै १९७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातफै छैठौं स्थानमा रहँदा २०४औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियाली वरियताको पुछारमा छ ।
त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा बेल्जियम कायम छ । त्यसपछि क्रमशः ब्राजील, विश्व विजेता फ्रान्स र अर्जेन्टिना रहेका छन् ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि