
काठमाडौं । मौरिसस विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीहरुले राष्ट्रिय टिममा स्थान बनाएका छन् । मुख्य प्रशिक्षण अब्दुला अल्मुतारीले बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीहरुलाई दुई समूहमा विभाजन गरेर सबैलाई अवसर दिएका हुन् ।
अल्मुतारीले बुधबार राष्ट्रिय टोलीको घोषणा गरेपछि मौरिसस विरुद्धको खेलमा नतिजा भन्दा खेलाडीहरुलाई अनुभव र एक्सपोजर मिलोस भन्ने विश्वासका साथ सबैलाई अवसर दिएको बताएका छन् । साथै उनले नयाँ खेलाडीहरुले भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो गर्न अनुभव र हौसला मिलोस भन्ने उद्देश्यले सबै खेलाडीहरुलाई टिममा समेटेको बताए ।
प्रशिक्षक अल्मुतारीले मौरिसस विरुद्ध माघ १५ गते खेल्ने पहिलो खेलका लागि एक समूह र माघ १८ गतेका दिन खेल्ने दोस्रो मैत्रीपूर्ण म्याचका लागि अर्को समूह घोषणा गरेका छन् । टोलीमा केही नयाँ अनुहारहरुले पनि अवसर पाउने निश्चित भएको छ ।
स्मरण रहोस, मौरिसस विरुद्धको दुवै खेलहरु दशरथ रंगशालामा बेलुका ४ः४५ बजेदेखि शुरु हुँनेछ । एन्फाले एक तिहाई दर्शकहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर स्टेडियममा प्रवेश दिईने घोषणा गरिसकेको छ । साथै टिकट दर सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार रहेको पनि एन्फाले जनाएको छ ।
माघ १५ (जनवरी २९) मा मौरिसस विरुद्ध खेल्ने नेपाली टिमः
माघ १८ (फेब्रुअरी १) मा मौरिसस विरुद्ध खेल्ने नेपाली टिमः
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण