News
रोहित फर्किएको खेलमा जोगियो जकार्ता
काठमाडौं । चोटका कारण पछिल्ला दुई खेल गुमाएका रोहित चन्दले शनिबार पर्सिजा जकार्ताका लागि मैदानमा पूनःरागमन गर्दा उनको टोली लिगा इण्डोनेसियामा सम्भावित हारबाट जोगिएको छ ।
शनिबार भएको खेलमा जकार्ताले पर्सेलासँग १–१ को बराबरी खेल्दै अंक खोस्न सफल भयो । खेलको ५९औं मिनटमा मलिक रिजाल्डीले पर्सेलालाई खेलमा अग्रता दिलाएका थिए । तर खेलको ८१औं मिनटमा इटालियन स्टार मार्को मोट्टाले जकार्ताका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए ।
यो नतिजापछि २० खेलबाट २९ अंक जोडेको जकार्ता लिगतालिकाको आठौं स्थानमा छ । उता पर्सेला भने १६ अंकका साथ १६औं स्थानमा छ । जकार्ताले आगामी खेल २६ जनवरी बुधबारका दिन पर्सिता टंगेरंगसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल