News
पासीकोट महिला फुटसल हुँदै
काठमाडौं । खेलकुदमा पछिल्लो समय मौलाएको इन्डोर खेल फुटसलको लोकप्रियता अहिले धेरैको रोजाईमा पर्ने गरेको छ । यसैक्रममा पासिकोट फुटसलको आयोजनामा यहि पौष ३० गतेदेखि पासिकोट महिला फुटसल प्रतियोगिता हुने भएको छ ।
पासिकोट फुटसल प्रा.लि. को आयोजनामा तथा आयोजकको आफ्नै फुटसल एरिनामा हुने प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगितामा सहभागिता लागि टिम दर्ता पनि खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ७५ सय तोकिएको पनि आयोजकले जनाएको छ । टिम दर्ता गर्ने अन्तिम मिति पौष २७ गतेसम्म रहेको आयोजकले जनायो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि जनही १०–१० हजार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि