काठमाडौं । कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।
फाइनल खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेका तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ २–१ ले विजयी बन्यो ।
उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट गिफ्टह्याम्पर प्राप्त गर्यो । प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरीए । सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । विधागत तर्फका तीनै जना खेलाडीले टफी सहित गिफ्टह्याम्पटर प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथी एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त कार्यकारी प्रमुख हरि प्रसाद लम्साल लगायतले मेडल, टफी सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको थियो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि