News
इन्टर कलेज सेभेन ए साईड फुटसल हुने
काठमाडौं । फुटसल खेलको लोकप्रियतालाई ध्यानमा राख्दै कौस्तुभ एकेडेमीले प्रथम इन्टर कलेज सेभेन ए साईड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यहि आउँदो पौष ५ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । टिम दर्ताका लागि अन्तिम मिति पौष २ गतेसम्म तोकिएको छ भने टिम दर्ता शुल्क ७ हजार रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीहरुका लागि नगदसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । पेप्सीकोला भक्तपुर स्थित बैजन्ती फुटसलमा हुने प्रतियोगिताका लागि तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न