
काठमाडौं । इण्डोनेसियामा पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इण्डोनेसियाको शिर्ष लिगमा एक उपलब्धी हासिल गरेका छन् ।
लिगा वानले निकालेको यसै साताको टिम अफ द विकमा रोहित पनि परेका छन् । टिम अफ द विकको उत्कृष्ट तीन मिडफिल्डरमा रोहित पनि सामेल छन् ।
टिममा जकार्ताका सर्वाधिक तीन खेलाडी परेका छन् । जकार्ताका कप्तान तथा गोलरक्षक एन्ड्रिटेनी अर्दियासा र इटालियन डिफेन्डर मार्को मोटा पनि रोहितसँगै टिम अफ द विकमा परेका छन् ।
त्यस्तै प्रशिक्षकमा पनि जकार्ताका इटालियन प्रशिक्षक एन्जेलो एलेसियो छन् । स्मरण रहोस, ५६ बर्षिय एन्जेलोले जकार्ता आउनु अघि इटाली क्लब नापोली, युभेन्टस, चेल्सी र इटालीको टोलीको पनि सम्हालिसकेका छन् ।
जकार्ताले शनिबार मात्र दोस्रो स्थानको टोली पर्सिबलाई उसकै घरमा १–० ले हराएको थियो । सो खेलमा रोहितको प्रदर्शन पनि अहम रहेको थियो ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि