काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका गोलरक्षक तथा १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्णधारी बिकेश कुथु, अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै करोतका प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई पनि सम्मान गरिएको छ ।
बिकेशलाई दोसल्ला र सम्मानपत्र र मायाको चिनोले तथा अन्य खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला र मायाको चिनोले सम्मानित गरेको हो ।
बिकेशको सम्मानपत्रमा १२औं र १३औं सागमा स्वर्णपदक विजेता, बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको र नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउन योगदान गरिएको उल्लेख गर्दै आगमी दिनमा पनि थप सफलताको कामना गरेको छ ।
उनीहरुलाई किन्ड गार्डेनका प्रिन्सिपल कुमुद भट्ट, निर्देशक इन्दिरा चौलागाई र अध्यक्ष चण्डिका प्रसाद भट्टले सम्मानित गरे । सातौ खेलकुद दिवसमा विभिन्न ३० इभेन्ट्समा १ सय ७५ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै