धनकुटा । शनिबारदेखि शुरु शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौंले फराकिलो जित हात पारेको छ ।
धनकुटा–५ तल्लो टुंडिखेलमा भएको उद्घाटन खेलमा एपिएफले मोरङ–११ माथि ११–० को फराकिलो जित हात पार्यो । एपिएफको जितमा स्टार फरवार्ड साबित्रा भण्डारीले ह्याट्रिकसहित पाँच (१४, ५६, ६३, ६४, ७६औं मिनट) गोल गरिन् ।
यद्यपि एपिएफका लागि गोलको खाता भने दशौं मिनटमा अनिता बस्नेतले खोलेकी थिईन् । त्यस्तै रेखा पौडेलले २७ र ४०औं मिनटमा गरि दुई गोल गरिन् । थप दुई गोल ४५औं मिनटमा अनिता केसी र ५७औं मिनटमा गीता मगरको नाममा रह्यो ।
खेलमा एपिएफका लागि ह्याट्रिक गरेकी साबित्रा प्लेयर अफ द म्याच समेत घोषित भईन् । उनले पुरस्कार वापत नगद ३ हजार पनि हात पारिन् । यो जितसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गर्न सफल भएको छ ।
प्रतियोगिता अन्तरगत पौष १३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी क्लब, काठमाडौं र वराहक्षेत्र फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
किरात आठपहरिया समाज नेपाल, धनकुटाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
धनकुटा नगरपालिकाको विशेष सहयोग र धनकुटा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यहि पौष १८ गते हुनेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा