काठमाडौं । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । साथै फाइनलमा प्रवेश गरेसँगै यी दुवै टोली राष्ट्रिय महिला लिगका लागि पनि छनौट भएका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न सेमिफाइनल भिडन्ततर्फ ललितपुरले कनकाई नगरपालिकामाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्दै फाइनल यात्रा तय गर्यो । निर्मला बिकले तेस्रो मिनट मै गरेको एक मात्र गोल ललितपुरलाई पुर्याउन प्रर्याप्त बन्यो । खेलमा सिर्जना सिंह प्लेयर अफ द म्याच घोषित भईन् ।
त्यस्तै दोस्रो सेमिफाइनलमा भने धनगढीले गौरीगंगा नगरपालिकामाथि ४–० को एकतर्फी जित निकाल्यो । धनगढीको जितमा खेलको नवौं मिनट मै सीमा रावलको गोलबाट धनगढीले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको शुरुवात मै चन्द्रा भण्डारीले त्यो अग्रता दोब्बर पारीन् । ६९औं मिनटमा देविका पाण्डेले तेस्रो गोल थपिन् भने ८९औं मिनटमा सरस्वती रोकायाले चौथो गोल गर्दै टोलीको जित पक्का गरिन् ।
खेलमा सरस्वती नै प्लेयर अफ द म्याच समेत चुनिईन् । अब आइतबार हुने फाइनलमा ललितपुर र धनगढी उपाधिका लागि पनि भिड्ने छन् । जुन खेल पनि सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मै हुनेछ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा