News
प्रथम खुला फुटसल च्याम्पियनसिप हुने
काठमाडौं । फुटबलसँगै फुटसलमा पनि व्यस्त बनेको नेपाली खेलकुद क्षेत्रमा फेरि अर्को खुला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
गम्चा फुटबल क्लबको आयोजनामा आउँदो कार्तिक १७ र १८ गतेका दिन दुई दिने खुला फुटसल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउने क्लबहरुका लागि यहि असोज ३१ गतेदेखि टिम दर्ता खुला हुने आयोजकले जनाएको छ ।
टिम दर्ता शुल्क ३५ सय रहेको प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता गर्न अन्तिम मिति आउँदो कार्तिक १३ गतेसम्म तोकिएको छ । भद्रकाली फुटसल एण्ड रिक्रेशन सेन्टरमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न