काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको एसियाली छनौटतर्फ एसियाका दुई महारथी इरान र दक्षिण कोरियाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
तेस्रो चरणको छनौट प्रतियोगितातर्फ समूह ए मा रहेका अपराजित दुई टोली इरान र दक्षिण कोरियाले मंगलबार १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
इरानको घरेलु मैदान तेहरान स्थित आजादी स्टेडियममा भएको खेलमा अग्रता भने कोरियाले लिएको थियो । ४८औं मिनटमा टोटेनह्याम स्टार ह्युङ मिन सोनको गोलबाट अग्रता बनाएको दक्षिण कोरियाले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन ।
खेलको ७६औं मिनटमा इरानका लागि अलिरेजा जहनबख्सले गोल गर्दै घरेलु टोलीको सम्भावित हार टारेका थिए भने दक्षिण कोरियासँग महत्वपुर्ण १ अंक खोस्न पनि सफल भएका थिए ।
मंगलबारको नतिजापछि पनि अपराजित रहेका दुवै टोली मध्ये इरान ४ खेलबाट १० अंकका साथ शिर्ष स्थानमा छ । ८ अंक जोडेको दक्षिण कोरिया भने दोस्रो स्थानमा छ । त्यस्तै एक–एक खेल कम खेल्दै २–२ अंक जोडेका युएई, लेबनान र इराक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् भने १ अंक जोडेको सिरिया पुछारमा छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न