News
नेपालको जितमा अमिषा निर्णायक
काठमाडौं । नेपाली यु–१५ महिला फुटबल टोलीले आफ्नो दोस्रो खेलमा पनि भुटानमाथि जित निकालेको छ । यसअघि सोमबार भएको पहिलो मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले भुटानमाथि ६–१ को जित निकालेको थियो ।
यद्यपि बुधबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा भने पहिलो खेलकै नतिजा र प्रदर्शनलाई निरन्तरता दिन सकेन । नेपालले बुधबारको खेलमा भुटानी यु–१५ महिला फुटबल टोलीमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।
नेपालको जितमा अमिषा कार्कीले एक मात्र निर्णायक गोल गरीन् । स्मरण रहोस, अमिषाले पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालका लागि ह्याट्रिक गरेकी थिईन् ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि