
काठमाडौं । साफ च्याम्पियनसिपमा आज राती नेपालले श्रीलंकाको सामना गर्दा टोलीको उद्देश्य लगातार दोस्रो जित हात पार्नु हुनेछ । आफ्नो पहिलो खेलमा घरेलु टोली तथा साविक विजेता माल्दिभ्सलाई १–० ले हराएर उत्साहित बनेको नेपाल सोही जितको लयलाई आज श्रीलंका विरुद्ध पनि कायम राख्न चाहन्छ ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने आजको खेल श्रीलंकाका लागि पनि उत्तिकै महत्वपुर्ण छ । उद्घाटन खेलमा बंगलादेशससँग १–० ले पराजित हुन पुगेको श्रीलंकन टोली पहिलो जितको खोजीमा छ ।
पछिल्लो समयमा आफ्नो खेलमा सुधार ल्याईरहेको श्रीलंकालाई नेपालले हलुका रुपमा नलिने नेपालका कप्तान र प्रशिक्षकले खेल अघिको पत्रकार सम्मेलनमा स्पष्ट पारिसकेका छन् ।
आजको खेल नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुँदैछ । त्यसअघि आज उपाधिको दावेदार मानिएको भारतले बंगलादेशसँग खेल्दैछ । जुन खेल नेपाली समयअनुसार बेलुकाको ४ः४५ बजेदेखि शुरु हुँदैछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय