News
किर्गिस्तानमा बंगलादेशको हार
काठमाडौं (एजेन्सी) । त्रिकोणात्मक फुटबल सिरिज खेल्न किर्गिस्तानमा रहेको बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीले आफ्नो पहिलो खेलमा बलियो प्याालेस्टाईनसँग हार बेहोरेको छ ।
ओमुरजाकोव स्टेडियममा सम्पन्न खेलमा बंगलादेशले प्यालेस्टाइनसँग ०–२ को हार बेहोरेको हो । प्यालेस्टाईनको जितमा खेलको ३३औं मिनटमा लेथ खरुबले पहिलो गोल गरेका थिए भने ४७औं मिनटमा यासेर हमिदले दोस्रो गोल थपेका थिए ।
स्मरण रहोस, सिरिज अन्तरगत प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा घरेलु टोली किर्गिस्तान १–० को हार बेहोरेको थियो । सिरिज अन्तरगत अन्तिम खेल बंगलादेश र किर्गिस्तान बीच मंगलबार हुनेछ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको बंगलादेशले किर्गिस्तानको यु–२३ टोलीसँग पनि एक मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । साफ च्याम्पियनसिप आउँदो अक्टुबर १ तारीखदेखि माल्दिभ्समा शुरु हुँदैछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न