काठमाडौं । खेलमा शुरुवाती अग्रता लिएर पनि नेपालले भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा रोमाञ्चक बराबरीमा खेलेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले पछिल्ला खेलहरुमा भन्दा सुधारिएको प्रदर्शन गरे तापनि भारतसँग १–१ को बराबरीमा रोकिन पुगेको हो ।
खेलको ३६औं मिनटमा अन्जन बिष्टले बक्स नजिकैबाट गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले व्याक पास खेलेको बललाई अफ मार्क रहेका अन्जनले चलाखीपुर्ण रुपमा सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाएका थिए ।
तर नेपालले त्यो गोलको अग्रतालाई पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफमा भारतले पूनःरागमन गर्यो । भारतीय कप्तान सुनिल क्षेत्रीले बक्स बाहिरबाट गरेको कडा प्रहारलाई गोलरक्षक किरन चेम्जोङले उत्कृष्ट रुपमा जोगाए तापनि रिबाउण्ड भएको सोही बललाई ६०औं मिनटमा अनिरुद्ध थापाले गोलमा परिणत गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
नेपालले भारत विरुद्धको दोस्रो मैत्रीपुर्ण खेल भदौ २० गते आइतबारका दिन दशरथ रंगशाला मै खेल्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै