
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीच हुन गईरहेको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचको टिकट मुल्य तोेकेको छ ।
एन्फाले बुधबार दर्शकहरुका लागि सामान्यतर्फ १ हजार र भिआईपीतर्फ २ हजार टिकट मुल्य तोकेको हो । दशरथ रंगशालामा हुन गईरहेको फुटबल म्याचका लागि एन्फाले ५१ सय दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने जानकारी गराएको थियो ।
यद्यपि रंगशाला प्रवेश गर्न दर्शकहरुले आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको कागजात वा कोभिड–१९ विरुद्धको दुई डोज खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । साथै दर्शकहरुले टिकट प्रभु पे मार्फत अनलाईन रुपमा समेत खरिद गर्न सक्ने एन्फाले जनाएको छ ।
खेल नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ । मैत्रीपुर्ण फुटबल म्याचको प्रसारण सहयोगी एड प्याड रहेको छ भने खेलको प्रत्यक्ष प्रसारण हिमालय एचडी टिभीले गर्नेछ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतले दोस्रो मैत्रीपुर्ण फुटबल म्याच भदौ २० गतेका दिन खेल्ने एन्फाले जनाएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै