News
फर्पिङ्ग खेलकुद विकास क्लब 'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगितामा सहभागी हुने
फर्पिङ्ग खेलकुद विकास कक्लबले दक्षिणकाली नगरपालिका भित्रका प्रतिभावान खेलाडीहरुलाई आफ्नो टिममा समावेश गरेर 'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगिताको लागि खेलाडी तयार गरेको छ ।
'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगिताको लागि क्लब संग आन्तरिक कुनैपनी आर्थिक स्रोत नभएकोले दक्षिणकाली नगरपालिका र नगर भित्र रहेका विभिन्न संघ/संस्था, क्लबका पदाधिकारीहरु तथा खेलप्रेमी महानुभावहरुको आर्थिक सहयोग बाट सो प्रतियोगितामा सहभागी हुन लागेको हो ।
क्लबलाई अहिले सम्म कुनैपनी प्रायोजक र सह-प्रायोजक प्राप्त भएको अवस्था छैन ।
सम्पूर्ण खेलप्रेमी र दक्षिणकाली नगरवासीहरुको साथ र सहयोग बाट क्लबले 'सि' डिभिजन लिग छनोट फुटबल प्रतियोगितामा राम्रो नतिजा ल्याई उच्च मनोबलका साथ 'ए' डिभिजन सम्म क्लबलाई पुर्याउने लक्ष्य लिएको छ ।
Post Comments
Related News
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने