News
उदियमान घलान थ्रीस्टारमा आवद्ध
काठमाडौं । नेपाली फुटबलमा आशा लाग्दा खेलाडीका रुपमा उदाएका आयुष घलान आउँदो शहिद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा आवद्ध भएका छन् ।
घलानलाई अनुवन्ध गरेको कुरा थ्रीस्टारले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत समेत जानकारी गराएको छ । घलानले थ्रीस्टारको जर्सी नम्बर १९ लगाएर मैदानमा उत्रिने छन् ।
उमेर मात्र १८ बर्ष पुगेका घलानले विश्वकप छनौटतर्फ गत जुन ११ तारीखका दिन कुवेतमा भएको अष्ट्रेलिया विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।
मिडफिल्डरको भूमिकामा आफूलाई निखारिरहेका घलानले केही महिना अघि सम्पन्न पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा पोखरा थन्डर्सका लागि समेत खेलेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै