News लुम्बिनी खुकुरीलाई सन्जिवनी कपको उपाधि
गोलनेपाल

रोमाञ्चक जितका साथ लुम्बिनी खुकुरी क्लब, बेलहिया रुपन्देहीमा सम्पन्न तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा शनिबार भएको फाइनल भिडन्तमा लुम्बिनी खुकुरीले झरना स्पोर्टस् क्लबलाई ३–२ ले हराउँदै विजेता बनेको हो ।

लुम्बिनी खुकुरीको जितमा तीनै गोल कृपा चौधरीले गर्दै ह्याट्रिक पूरा गरे । उता पराजित झरना स्पोर्टस्का लागि सुरज आले र निशान सुनारले गोल गरे तापनि टोलीको हार भने टार्न सकेनन् ।

विजेता बनेको लुम्बिनी खुकुरीले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता झरनाले ५० हजारमा चित्त बुझायो । त्यस्तै व्यक्तिगत विधातर्फ पराजित झरनाका सुरज आले मगर सर्वोत्कृष्ट खेलाडी घोषित । झरना कै शंकर राई उत्कृष्ट डिफेन्डर बन्दा लुम्बिनी खुकुरीका युगल थापा उत्कृष्ट गोलरक्षक चुनिए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने लुम्बिनी खुकुरीका कृपा चौधरीले हात पारे । सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा यहि मंसिर ६ गतेदेखि शुरु भएको प्रतियोगिताको रुपन्देही जिल्लाका कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments