काठमाडौं । कोरोना महामारीका कारण खेलक्षेत्र नै ठप्प भईरहेका बेला नेपाल सरकारले फुटबल खेलाडी तथा अफिसियलहरुलाई खेलस्थल मै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको छ ।
यो कुराको आश्वासन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दिएका हुन् । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य एन्फा पदाधिकारीहरुले मन्त्री श्रेष्ठलाई भेटेर यसबारे आवश्यक कुरा राखेर छलफल गरेका थिए ।
“मन्त्री ज्युले एन्फा मातहत हुने सबै फुटबल प्रतियोगिताहरुमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।” एन्फा अध्यक्ष शेर्पाले भने । उनका अनुसार सरकारको तर्फबाट यसो हुन सके खेलाडी तथा अफिसियलहरुको स्वास्थ्य सुरक्षामा यसले धेरै हदसम्म राहतको काम गर्ने बताए ।
स्मरण रहोस, एन्फाले यहि आउँदो भाद्र १ गतेदेखि शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको आयोजना गर्दैछ । त्यस्तै आउँदो कार्तिक २९ गतेदेखि ए डिभिजन लिगको आयोजना गर्ने पनि घोषणा गरिसकेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)