काठमाडौं । खुकुरी नेपाल सुपर लिगतर्फ सोमबार भएको एक मात्र खेलमा बिराटनगर सिटी एफसीले महत्वपुर्ण जित हात पार्दै लिगतालिकाको शिर्षताको होडमा आफ्नो चुनौति पनि कायम राखेको छ ।
दशरथ रंगशालामा भएको सोमबारको खेलमा बिराटनगरले पुछारमा संघर्षरत टोली एफसी चितवनमाथि २–० को जित निकाल्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको बिराटनगरले दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो ।
७३औं मिनटमा पेड्रो मान्जीले बिराटनगरका लागि पहिलो गोल गर्दा पुर्वेली टोली हौसिएको थियो । त्यस्तै ८९औं मिनटमा सन्तोष तामाङले दोस्रो गोल थपेपछि बिराटनगरको जित सुनिश्चित बनेको थियो ।
सोमबारको खेलमा सुपर प्लेयर अफ द म्याच बिराटनगरका मार्की खेलाडी रन्जित धिमाल घोषित भए । उनले त्यसवापत नगद २५ हजार, ट्रफी र गिफ्ट ह्याम्पटर हात पारे ।
यो जितसँगै ४ खेलबाट ७ अंक जोडेको बिराटनगरले शिर्ष स्थानका लागि धनगढीसँग अंक बराबरी गर्न सफल भएको छ । उता पराजित हुन पुगेको चितवन भने २ अंकका साथ पुछार मै छ ।
सुपर लिग अन्तरगत बैशाख २१ गते मंगलबारको खेल बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स एफसीबीच हुने आयोजकले प्रकाशित खेलतालिकामा उल्लेख छ ।

- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न