
काठमाडौं । विश्वभरि फेरि महामारीको उग्र रुप लिइरहेको कोभिड–१९ को संक्रमण र त्रास नेपालमा पनि बढ्दै गए तापनि बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसल) भने निर्धारित मिति मै हुने भएको छ ।
यद्यपि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार सुपर लिगका सबै खेलहरु दर्शकविहीन खाली रंगशालामा हुने भएको छ । अर्थात दशरथ रंगशालामा शुक्रबारदेखि शुरु हुन गईरहेको लिगमा दर्शकको उपस्थिति रहने छैन ।
नेपाली फुटबलको इतिहास मै पहिलोपटक आयोजना हुन गईरहेको फ्रैनचाईज फुटबल नेपाल सुपर लिगमा खेलाडी, अफिसियल, रेफ्री लगायत सबैको स्वास्थ्य स्थितिलाई निकै महत्वका साथ प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । साथै स्वास्थ्य मापदण्ड अपनाएर नै लिग आयोजना गर्ने पनि आयोजकले स्पष्ट पारेको छ ।
स्मरण रहोस, लिगमा यसपटक देशका विभिन्न शहरहरुका सात फ्रेन्चाईज फुटबल टोलीहरुले सहभागिता जनाउँदै छन् । लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग समेत रहने लिगको अन्तिम खेल भने जेठ १ गतेका दिन हुने आयोजकले प्रकाशित खेलतालिकामा उल्लेख छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय