News रुपन्देहीमा हुने दोस्रो जि ट्वान्टी फाईभ कपको तयारी पूरा
सुरज राना मगर

बुटवल । जि ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा यही असोज २६ गतेदेखि शुरु हुने दोस्रो जि ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा हुने प्रतियोगितामा बुटवल उपमहानगर भित्रका कुल १२ वार्डका भेट्रान फुटबल टोलीहरुले सहभागिता जनाउने खेल संयोजक रमेश जोशीले जानकारी दिए ।

बिजयादशमी तथा शुभदिपावलीको अवसर पारी फुटबलको माध्यमबाट आपसी भाइृचारा कायम गर्न प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य बनाएको आयोजक क्लबका अध्यक्ष साजन भारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रमेश जोशीले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Post Comments