News सलिना स्पोर्टस सेमिफाइनलमा
गोलनेपाल

त्रियुगा । सलिना स्पोर्टस क्लब उदयपुरमा जारी दोस्रो एलेभेन स्टार च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा सलिना स्पोर्टसले पानी ट्याङ्की युथ क्लबलाई ३–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । सलिना स्पोर्टसको जितमा बिशाल मगर, निश्चल मोक्तान र प्रताप राईले गोल गरे । खेलमा सलिना स्पोर्टस कै निश्चल मोक्तान म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत असोज ६ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल आयोजक एलेभेन स्टार युथ क्लब र बगाहा युथ क्लब बीच हुने आयोजकले जानकारी दियो ।

एलेभेन स्टार युथ क्लब, त्रियुगा नगरपालिका–१०, करमगाछी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १० गतेका दिन हुनेछ ।

Post Comments