News नेपाल फुटबल स्कुललाई उपाधि
गोलनेपाल

काठमाडौं । चेल्सी वर्ल्ड स्कुलको सहकार्यमा आयोजित ८औँ हिमालय मेमोरियल यू–११ फुटसल प्रतियोगिता २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न फुटबल एकेडेमीका प्रतिभाशाली बाल खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (ANFA) का Head of Coach Education श्री सञ्जीव सिंह तथा विशिष्ट अतिथि नेपाली पुरुष राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक तथा ANFA Coach श्री अनिलबहादुर गुरुङको गरिमामय उपस्थिति रहेको थियो।

रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरूबीच नेपाल फुटबल स्कुलले उपाधि जित्दै च्याम्पियन बन्न सफल भयो भने ग्रासरुट फुटबल एकेडेमीले उपविजेताको उपाधि हासिल गर्यो।

व्यक्तिगत पुरस्कारहरू

सबैभन्दा छिटो गोल: रायन श्रेष्ठ

उदीयमान खेलाडी: शुभम ढुंगाना

सर्वाधिक गोलकर्ता: जेसन शेर्पा

उत्कृष्ट खेलाडी: सुवबिर लामा

उत्कृष्ट गोलरक्षक: कौस्तुभ मल्ल ठकुरी

उत्कृष्ट प्रशिक्षक: शैलेश कर्माचार्य

फेयर प्ले टिम: औरियम स्पोर्ट्स एकेडेमी

प्रतियोगिताले बाल खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने तथा अनुशासन, खेल भावना, सहकार्य र आत्मविश्वास विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहभागी टिम, खेल पदाधिकारी, रेफ्री तथा म्याच अफिसियल, प्रशिक्षक, खेलाडी, अभिभावक, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको थियो ।

Post Comments