ललितपुर । याक्थुङ्ग युवा मञ्च काठमाडौंको आयोजनामा श्रावण २९ र ३० गते सञ्चालन भएको सातौँ सिसेःक्पा कप २०८३ महिला तथा पुरुष फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगिताको पुरुषतर्फ सेभेन वेज च्याम्पियन बनेको छ। फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा सेभेन वेजले ३–२ गोलअन्तरले जित निकाल्दै उपाधि हात पारेको हो।
त्यस्तै, महिलातर्फ कृजल एफसी ले उपाधि जितेको छ। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा कृजल एफसीले ३–२ गोलअन्तरले बाजी मार्दै महिला उपाधि जित्न सफल भयो।
प्रतियोगितामा पुरुषतर्फको विजेता सेभेन वेजले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोली एस डब्लु पि जेले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
महिलातर्फको विजेता कृजल एफसीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस संस्करणमा कुल ८० टोलीको सहभागिता रहेको थियो। जसमध्ये ५६ पुरुष टोली र बाँकी महिला टोली रहेका थिए। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका सम्पूर्ण खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि