News हिमालय र आयोजक न्यू ब्रम्हा फाइनलमा भिड्ने
सुरज राना मगर

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी न्यु ब्रम्हा कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन र आयोजक न्यु ब्रम्हा युवा क्लब, सैनामैना भिड्ने भएका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा हिमालयले सृजना युवा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा हिमालयका विश्व थापा मगरले म्यान अफ द म्याच बने ।

त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक ब्रम्हाले बुद्धबुभी एफसीलाई २–० ले हराउँदै फाइनलका यात्रा तय गर्यो । खेलमा ब्रम्हाका अस्मित शर्मा म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत अब साउन २८ गते बिहीबार हुने फाइनलमा आयोजक न्यु ब्रम्हा युथ क्लब र हिमालय सामुदायिक विकास केन्द्र उपाधिका लागि भिड्ने खेल संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

न्यु ब्रम्हा युथ क्लब, सैनामैना–१, ब्रम्हाडाँडा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

 

Post Comments