News फुटसल फ्लेम्सलाई शुभ बिहानी फुटसलको उपाधि, फोर एस ब्वाइज उपविजेता
गोलनेपाल

भरतपुर, चितवन । शुभ बिहानी फुटबल क्लबको आयोजनामा भरतपुर–९, शरदपुरस्थित शरदपुर फुटसल एरिनामा सम्पन्न प्रथम संस्करणको शुभ बिहानी फुटसल प्रतियोगिताको उपाधि फुटसल फ्लेम्सले जितेको छ।

एकदिने प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको थियो। फाइनलमा फुटसल फ्लेम्सले फोर एस ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै फुटसल फ्लेम्सले ट्रफीसहित नगद ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्यो। उपविजेता फोर एस ब्वाइजले ट्रफीसहित नगद २५ हजार ५२५ रुपैयाँ हात पारेको छ।

निकै प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफमा फुटसल फ्लेम्सका कप्तान पर्वत श्रेष्ठले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। दोस्रो हाफमा फुटसल फ्लेम्सले आक्रामक खेललाई निरन्तरता दिँदै सौगत राना मगरले दोस्रो गोल थपे। त्यसपछि लिल जङ तामाङले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

फोर एस ब्वाइजले गोल फर्काउने प्रयास गरे पनि फुटसल फ्लेम्सको बलियो रक्षापंक्तिलाई पार गर्न नसकेपछि खेल ३–० मै समाप्त भयो। जितसँगै फुटसल फ्लेम्स च्याम्पियन बन्दा फोर एस ब्वाइज उपविजेतामा सीमित भयो।

प्रतियोगिताका व्यक्तिगत विधातर्फ फुटसल फ्लेम्सका एञ्जल गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए। फोर एस ब्वाइजका माइकल थापा उत्कृष्ट खेलाडी चुनिए भने माइकल थापा नै ६ गोलसहित सर्वाधिक गोलकर्ता बने।

Post Comments